ट्रेलर: कमेडी र पैसाको आडमै ‘जय श्री दाम’



रंगखबर, काठमाडौँ – बजारमा कमेडी फिल्मको भिड छ । प्रि-प्रोडक्सनदेखि छायाँकन, पोस्ट प्रोडक्सन, हल र युट्युबसम्म कमेडी फिल्मकै वर्चश्व छ । यसै बीच अर्को कमेडी फिल्मको ट्रेलर सार्वजनिक भएको छ । फिल्मको नाम हो ‘जय श्री दाम’ ।

फिल्मको नामैले कमेडी जनरा संकेत गर्छ । पैसा अनि कमेडी, यो मिश्रणमा धेरै फिल्म बनिसकेका छन् । अब ‘जय श्री दाम’ले आफुलाई कहाँनेर उभ्याउने छ । त्यो हेर्नै बाँकी  छ । अहिलेलाई ट्रेलर नै हेर्नुस ।

https://youtu.be/gPsqv-EN8Ys

बिप्लोप उप्रेती निर्देशित फिल्ममा अमृत ढुंगाना, बिनोद न्यौपाने, राजन खतिवडा, प्रमोद अग्रहरी, जेविका कार्की, बिष्णु सापकोटालगायतका कलाकारको अभिनय छ ।

पुष २० गते रिलिज हुने फिल्ममा बिप्लोप/अमरदीप सापकोटाको पटकथा, मित्र डी गुरुङको सम्पादन, रविन आचार्यको डिओपी, नवराज उप्रेतीको छायाँकन र सुशान्त गौतमको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्