‘जय शम्भु’को रोमान्टिक गीतमा अनुप र वर्षाको रोमान्स



रंगखबर, काठमाडौँ- यहि भदौ १ गतेलाई प्रदर्शन मिति तय चलचित्र ‘जय शम्भु’को पहिलो गीत सार्वजनिक गरिएको छ । बिहिबार काठमाडौँमा पत्रकार सम्मेलन गराउदै ‘म त् परे तिम्रै भर’ बोलको गीत निर्माण टिमले दर्शक माझ छोडेको हो। सार्वजनिक गीतमा अन्जु पन्त र टंक बुढाथोकीले आवाज दिएका छन भने अमृता नेपालको शब्द तथा गायक स्वयम् कै संगीत रहेको छ । गीतमा अनुप बिक्रम शाही र वर्षा सिवाकोटी फिचर्ड छन ।

गीत हेर्नुस :

आईसा इन्टरटेमेंट र जुना फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई रुपेश तामाङले निर्देशन गरेका हुन, भने दिनेश शाही प्रस्तुतकर्ता, अरविन्द्रमान शाक्य निर्माताको रुपमा रहेका छन। चक्र पाख्रिन कार्यकारी निर्माताको रुपमा रहेको चलचित्रमा कुशल शर्माा र शिक्षा काफ्ले सह निर्माताक रुपमा छन ।

हरि घले लामाको छायाँकन, श्री श्रेष्ठको एक्शन, टंक बुढाथोकीको संगीत, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको चलचित्रका निर्माण टिमले नेपालसँगै अष्ट्रेलिया, दुबई, थाईल्याण्ड, हङकङ लगायतका देशहरुमा फिल्मको विशेष शो गरिने जानकारीदिएको छ ।

अनुप बिक्रम शाही, प्रशान्त ताम्राकार, वर्षा सिवाकोटीका अलावा चलचित्रमा रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राज कुमार थापा, कालु राना लगायतको कलाकारको पनि अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्