‘काजीको घोडा’मा स्वस्तिमा



रंगखबर, काठमाडौँ – ४० वर्ष अगाडीको परिवेशमा आधारित रहेर विकास सुवेदीले निर्देशन गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘काजीको घोडा’ शिर्षकको गीतमा अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गरेकी छन् । अहिलेको जेनेरेसनमा अत्याधिक रुचाइएकी स्वस्तिमालाई भिडियोमा ब्ल्याक एण्ड ह्वाइटको क्वालिटीमा प्रस्तुत गरिएको छ ।

भिडियो सुरुवाती दृश्यले दर्शकलाई ब्याक एण्ड ह्वाइट दुनियाँमा लिएर जान्छ । जहाँ रेडियो नेपालबाट प्रशारण राजा विरेन्द्रको समाचार प्रस्तुत गरिएको छ । भुवन सिवाकोटी चौघरेको शब्द, रामचन्द्र थापाको संगीत र रामकृष्ण निरौलाको स्वर सजित गीतको भिडियोमा भीमफेदी गाइजको पनि अभिनय छ ।

भीमफेदी गाइजले कोरियोग्राफी भरेको भिडियोमा अनिल के मानन्धरको छायाँकन र सुप्रिम पराजुलीको सम्पादन छ । भिडियोको अतिथि कलाकारको रुपमा जुना सुन्दास र सन्जु शाह देखा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्