कोमलिकाको भूमिकामा हिना खान



रंगखबर, काठमाडौँ- अभिनेता जितेन्द्रकी सुपुत्री एकता कपूरलाई इन्डियन टेलिभिजन कै रानी मान्ने गरिन्छ । उनले अहिले सम्म सयौ धारावाहिकका साथै धेरैलाइ सुपर-स्टार बनाई सकेकी छिन । उनै निर्मात्री तथा निर्देशक एकताले अब भने आफ्नो १७ बर्ष अगाडीको धारावाहिक ‘कसौटी जिन्दगी की’ को पुन: रीमेक बनाउने घोषणा गरेकी छिन । एकताका चर्चित धारावाहिक हो कसौटी जिन्दगी कि । जसमा प्रेरणा, अनुराग, मिस्टर बजाज र कोमलिकालाई अहिले पनि दर्शकहरुले याद गर्ने गर्दछन ।

हो अब पुन: उक्त शो चाडै नै अन एयर हुने भएको छ । हाल धमाधम छायांकन सुरु भै रहेको धारावाहिकमा अब भने कुन कुन कलाकारले कसको भूमिका निर्वाह गर्दैछन भन्ने बारे अहिले सबैको चासोको विषय बनेको छ । शोमा मुख्य पात्रमा भने एरिका फर्नान्डेज फाईनल भै सकेकी छिन भने बाकी कलाकारहरु पनि चाडै नै फाईनल हुने जानकारी प्राप्त भएको छ ।

त्यति बेला कोमलिकाको भूमिका निभाउने अभिनेत्री उर्वसी ढोलकियाको खुबै चर्चा चुलिएको थियो । अहिले उक्त रोलकालागि मधुरिमा तुली र अर्शी खानको नाम आई रहेको छ । तर एकताले उक्त खबरलाई झुट सावीत गर्दै सो क्यारेक्टरको लागि मात्र हिना खानलाई अप्रोच गर्ने जानकारी मिडियालाई दिएकि छिन । भारतीय मिडियाले दिएको जानकारी अनुसार हिना र सिरियलका मेकर्स बीच कुरा भै सेको र अब चाडै नै हिनाले सम्झौता पत्रमा हस्तक्षर गर्ने छिन । हिना ले यस अघि ये रिश्ता क्या केहेलाता है, खत्रो के खेलाडी र रियालिटी शो बिग बोस ११ मा काम गरिसकेकी छिन ।

जे होस  अब हेर्न यो बाँकी छ कि सोझी बुहारी बनेर सबैको मन जित्न सफल हिनाले के आम दर्शकलाई तर्साउन सफल हुनेछिन ?

प्रतिक्रिया दिनुहोस्