पहिलो गीतबाट गाली पाएको ‘कथा काठमाण्डू’को दोश्रो गीत सार्वजनिक



रंगखबर, काठमाडौँ-   केहि समय अघि सार्वजनिक भएको रातको कुरा बोलको गीतमा प्रियंका र प्रमोदले गरेको इन्टिमेट सिनको सामाजिक संजालमा निकै नकारात्मक आलोचना भएको थियो ।

अब भने फिल्म ‘कथा काठमाण्डू’को दोश्रो गीत सार्वजनिक भएको छ। सार्वजनिक दोश्रो ‘जून अनि तारा…’ बोलको गीतमा भने फिल्मका ३ जोडी नै फ़िचरिङ्ग भएका छन । गीतमा सुगम पोखरेलको स्वर रहेको गीतमा दिपेश सुब्बाको संगीत र इशान सुब्बाको शब्द छ । गीत हेर्नुस:

 

अष्ट महर्जनको द्वन्द्व,  मोहित मुनाल, कमल खत्री, प्रदीप बाँस्तोला र सुरज विक्रम थापाको  संगीत  मित्र गुरुङको सम्पादन,लुजा सिंहको छायांकन रहेको फिल्ममा संगीता श्रेष्ठको कथा लेखन तथा निर्देशन रहेको छ ।

असोज १२ गतेलाई प्रदर्शन मिति तय गरिएको ‘कथा काठमाण्डू’ काठमाडौँमा बस्ने तीन भिन्नभिन्न युवाहरुको कथालाई समेटेर बनाईएको हो । फिल्ममा प्रियंका कार्की, प्रमोद अग्रहरी, सन्ध्या केसी, सन्जोग अधिकारी, आयुष्मान देशराज जोशी श्रेष्ठ, प्रेक्षा अधिकारी आदि कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्