सपना मिस पछ्याउदै शिक्षकहरु – कुम्भ करण ट्रेलर



 रंगखबर, काठमाडौँ। चलचित्र कुम्भ करण को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। आइतबार राजधानीमा पत्रकार सम्मेलन गराउदै निर्माण टिमले दर्शक माझ सो प्रचार सामाग्री छोडेको हो। चलचित्र कमेडीका साथ साथै सस्पेसलाई मुख्य विषय राखेर बनाईए छ। निशा अधिकारी, भोलाराज सापकोटा, गौरव पहारी, अभय बराल, आकाश पल, कुलदीप अधिकारी, कमल गाउले, प्रतिभा क्षेत्री, सदभाव थापा अभिनित चलचित्र एक स्कुले शिक्षिकाको वरिपरि घुमेको ट्रेलरबाट अनुमान लगाउन सकिन्छ ।
आकाश पल इन्टरटेनमेन्टको व्यानरमा निर्मित चलचित्रमा चित्रबहादुर घर्तिमगर र क्षितिज बस्नेतको लगानी रहेको छ। महेश दवाडीको कथा/पटकथा/संवाद, हरि घले लामाको छायाँकन, मिलन श्रेष्ठको सम्पादन र गोविन्द मधुर आचार्यको संगीत रहेको चलचित्रका सह- निर्माता भने गिरप्रसाद घर्तिमगर र विजय श्रेष्ठ रहेका छन्। चलचित्र यहि असार २२ गतेबाट देशभर प्रदर्शनमा आउदै छ ।
ट्रेलर हेर्नुस :
https://www.youtube.com/watch?v=js1TwNzhp1w

प्रतिक्रिया दिनुहोस्