‘लभ आजकल’को सिक्वेलमा कार्तिकले रिप्लेस गरे सैफलाई



रंगखबर, काठमाडौँ- सन २००९ मा दिपिका र सैफ अलि खानको मुख्य भूमिका रहेको फिल्म लभ आजकल बन्ने भएको छ । सोहि फिल्मबाट सैफ र दिपिकाको जोडीलाई दर्शकले निकै नै रुचाएका पनि थिए । उक्त फिल्म पछि यो जोडीले अरु पनि फिल्म दर्शकलाई नदिएका भने हैनन् तर लभ आजकलको जस्तो छाप  अरु फिल्मले छोड्न सफल भएनन् ।

अब भने सोहि फिल्मको सिक्वेलमा सैफ अलि खान अटाउन सकेनन । उनलाई कार्तिक आर्यनले रिप्लेस गरेका छन । प्यारका पंचना सिरिज र सोनु के टिट्टूकि स्वीटीमा अभिनय गरेर बलिउडमा चर्चामा रहेका आर्यन सोसियल मिडियामा पनि निकै सक्रिय छन । फिल्मको छायांकन अहिले सुरु भै सकेको छ ।

प्रतिक्रिया दिनुहोस्