बुद्धिको लिड रोल रहेको ‘मट्टी माला’को ट्रेलर सार्वजनिक



रंगखबर,काठमाडौँ-अभिनेता बुद्धि तामाङले लिड रोलमा अभिनय गरेको चलचित्र ‘मट्टी माला’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले चलचित्र प्रदर्शन हुन केहि हप्ता बाँकी हुँदा सो प्रचार सामाग्री दर्शक माझ छोडेको हो। सार्वजनिक ट्रेलर चलचित्रका मुख्य पात्र बुद्धि, रजनी गुरुङ, प्रियंका कार्की र पृथ्वी राईलाई केन्द्रित गरेर बनाईएको छ।

ट्रेलर हेर्नुस :

पौरखी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई टेक पौरखी राईले लेखन तथा निर्देशन गरेका छन्। पृथ्वी राईको लगानीमा बनेको चलचित्रमा राजेन्द्र चौधरीको द्वन्द र राहुल राईको छायांकन रहेको छ।

यहि जेष्ठ २५ गतेबाट देशभर प्रदर्शनमा आउँन लागेको चलचित्रमा बुद्धि, पृथ्वी, प्रियंका, रजनीका अलावा शिशिर राणा, चिरन राई, शंघ्या श्रेष्ठ, टेक राज लांघाली, अरुण कार्की, अर्जुन घिमिरे, विनोद राई, बिक्रम लामा, दीपक आचार्य आदि कलाकारहरुको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्