मेलिना र रेवत यूके यात्रामा | अल्डरशर्टमा भूकम्प पीडितको सहयोगार्थ गाए (फोटोफिचर)



रंग खबर, काठमाण्डौं । यतिवेला गायिका मेलिना राई र गायक रेवत राई यूकेमा छन् । दुईसाताअघि लोकगायक कृष्ण गुरुङ र लोकगायिका निता गुरुङको टोलीसहित यूके पुगेका उनीहरु यूकेका विभिन्न शहरका सांगितीक कार्यक्रममा व्यस्त भइरहेका छन् ।
melina rewatदुईमहिने सांगितीक यात्राको लक्ष्य राख्दै यूके पुगेको यो सांगितीक टोलीले शनिवार यूकेको अल्डरशर्टमा नेपालका भूकम्प पीडित र क्यान्सर रिसर्च यूकेको सहयोगार्थ आयोजित कार्यक्रममा प्रस्तुति दियो । बन्र्ट ओक नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा त्यँहा आसपास बस्ने सयौँ नेपालीहरु सहभागी थिए ।

कार्यक्रममा मेलिनाले आफ्ना एल्बम र फिल्मका गीत गाएर दर्शकलाई मन्त्रमुग्ध पारेकी थिइन् भने रेवतले एल्बमका गीत गाएर मनोरञ्जन दिलाएका थिए । कृष्ण र निताले लोकगीत गाएका थिए ।
rewat 2यूकेका विभिन्न शहरमा कार्यक्रमका लागि कुरा भइरहेको गायक रेवतले बताए । ‘हामी नोभेम्बरसम्म यतैका कार्यक्रममा व्यस्त हुनेछौ’, उनले भने । यूकेमा बस्ने नेपालीहरुले नेपाली संगीतप्रति देखाएको प्रेम र सम्मानले आफु चकित भएको गायिका मेलिनाले बताइन् । ‘शरीर देशबाहिर रहेपनि यहाँका नेपालीहरुको मन अझै पनि देशमा रहेछ । नेपाली कला र सँस्कृतिका बारेमा सधैँ सोच्नुहुँदो रहेछ । नेपाली संगीतलाई सधै सुन्नुहुँदो रहेछ’, उनले उतैबाट अनुभव सुनाइन् ।

melina

rewat final

rewat

प्रतिक्रिया दिनुहोस्