मेलिना र रेवतको नयाँ गीत : अलिकति प्रितको नशाले (भिडियो)



रंग खबर, काठमाडौं । गायिका मेलिना राई र गायक रेवत राई युगल एल्बम ‘अलग उपहार’ ल्याउने तयारीमा छन् । एल्बम रिलिजअघि नै उनीहरुले एल्बमभित्र रहेको ‘अलिकति प्रितको नशाले’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
melina rewatविश्वकाजी राईको शब्द र अर्जुन पोखरेलको संगीत रहेको यो गीतको भिडियोमा अभिनेत्री पियंका कार्कीले अभिनय गरेकी छिन्  । भिडियोमा प्रियंकासँगै मोडल जीवन भट्टराईको लभ क्यामेस्ट्री देख्न सकिन्छ । राजिव समरको कोरियोग्राफी रहेको यो गीतको भिडियो निर्देशन निकेस खड्काले गरेका हुन् । अर्जुन तिवारीले खिचेको भिडियोको सम्पादन विकास धमलाले गरेका हुन् ।
priyanka karkiरोमान्टिक शैलीको यो गीतबाट आफुले निकै आशा राखेको गायिका मेलिनाले बताइन् । गायक रेवतले ‘अलग उपहार’मा जम्मा ८ वटा गीत समावेश रहेको बताए । ‘यो पहिलो गीत हो, अरु गीतको पनि भिडियो तयार भइरहेको छ,’ उनले जानकारी दिए ।

Watch Song Here :-

प्रतिक्रिया दिनुहोस्