‘मेरी मामु’आजबाट फ्लोरमा



रंगखबर, काठमाडौँ- सन्तोष सेनले निर्माण गर्न लागेको चलचित्र ‘मेरी मामु’ को छायांकन आजबाट सुरु भएको छ । आसुसेन फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रको निर्माण सन्तोष सेनले गर्ने छन्।

नव नायक सारुक ताम्राकार तथा  ‘प्रेमगीत २ बाट डेब्यु गरेकी नव नायिका अश्लेषा ठकुरीलाई उक्त चलचित्रमा मुख्य नायक नायिकाको रुपमा लिइएको निर्माता सेनले जानकारी दिएका छन्। चलचित्रमा निर्माता सन्तोषका छोरा आयुब सेन मुख्य भूमिका रहने छ ।

राज्जा रानी’ तथा ‘हुर्रे’ जस्ता चलचित्र  निर्देशन गरिसकेका याम थापाले ‘मेरी मामु’ को  निर्देशन गर्न लागेका हुन्।आजबाट छायांकन सुरु गरिएको चलचित्रलाई भदौ १५ मा प्रदर्शन गरिने चलचित्र निर्माण पक्षले जनाएको छ।

चलचित्रले एक छोरा र आमाको कथाको बारेमा बोल्ने निर्माताले बताएका छन्। यसका साथै चलचित्रमा कुकुरको समेत अभिनय रहेको कारण विदेशबाट महँगो खर्चमा कुकुर झिकाइएको निर्माण टिमले जानकारी दिए ।

चलचित्रमा सारुक ताम्राकार ,अश्लेषा ठकुरी ,चलचित्रमा निर्माता सन्तोषका छोरा आयुब सेन र नव-नायिका कुसुम गुरुङको मुख्य अभिनय छ भने यसका अलावा  नायिका भूवन चन्द, नव-कलाकार दुर्गा मल्लको साथमा बालकलाकारहरु कृजन गौतम र शुभम बिष्टलाई पनि अभिनय रहने छ  ।

प्रतिक्रिया दिनुहोस्