‘मेरो आफ्नो’को शुभ-मुर्हत सम्पन्न



रंगखबर, काठमाडौँ- ओम साई भक्त मुभिजको ब्यानर तथा श्रीराम बरालको प्रस्तुती र बसन्त शर्मा,मात्रिका बजिमयको निर्माण रहने  फिल्म मेरो आफ्नोको शुभ-मुर्हत संम्पन्न भएको छ । शुक्रबार राजधानीको भद्रकाली मन्दिरमा निर्माण पक्षले  शुभ-मुर्हतसँगै फिल्मको आधिकारीक घोषणा गरेको छ ।


असोज ७ गतेबाट फ्लोरमा जाने  फिल्मको छायांकन चितवन र मनाङ्गमा हुनेछ । केवल जंग कुवंरले डेब्यु गर्न लागेको फिल्ममा रिया श्रेष्ठ,रुपा राना,नरेश पौडेल,सुजाता थापा,सुन्दर श्रेष्ठ र बाल कलाकारमा अरुण कलिराजले अभिनय गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्