मण्डलामा यसरी पाकिरहेको छ ‘मिल्क टि’ (फोटो फिचर)



रंग खबर, काठमाडौँ | राजधानीको अनामनगर स्थित मण्डला नाटकघरमा अहिले ‘मिल्क टि’ मञ्चन भैरहेको छ । सुलक्षण भारतीद्वारा लिखित नाटकलाई सृजना अधिकारीले निर्देशन गरेकी हुन् ।

mandala 5

स्वतन्त्रताको बिषय उठाएको नाटकले महिलाको हकमा बोल्छ । नाटकको बिषयवस्तु पावरफुल छ भने, कलाकारले भूमिकामा न्याय गरेका छन् ।

mandala 3

नाटकका संवादले दर्शकलाई बाँधीराख्छ । मिल्क टि तर, चिनी नहालेको मिल्क टि ‘खल्लो पनि मिठो पनि’ (फिक्का चिया)संग जोडिएको मुख्य क्यारेक्टरले उदारवादी समाजमा आफ्नो द्वन्द कसरी प्रहार गर्छिन, त्यो हेर्न भने नाटकघरसम्मै पुग्नुपर्ने हुन्छ ।

mandala 6

नाटकमा सृजना अधिकारी, सुलक्षण भारती, लुनिभा तुलाधर, रेनुका कार्की, प्रेम वर्षा, रियर राई, अनुप न्यौपाने र आशिष घिमिरेको अभिनय रहेको छ ।

mandala copy

मङ्सिर ३ देखि मञ्चन भैरहेको ‘मिल्क टि’ पौष ३सम्म मञ्चन हुनेछ । शनिबार दिउँसो १ बजे पनि मञ्चन हुने नाटक सोमबार बाहेक हरेक दिन ४.३० बजे मञ्चन हुदै आइरहेको छ ।

mandala 4

 

mandala

 

mandala 2

प्रतिक्रिया दिनुहोस्