Congratulations: मेक्सिकोले जित्यो मिस वर्ल्डको उपाधि



रंगखबर, काठमाडौँ – मिस वर्ल्ड – २०१८ को उपाधि मेक्सिकोले जितेको छ । मेक्सिकोकी भेनिसा पोन्स डे लिओन ६८ औँ विश्व सुन्दरी बनिन । उनलाई मिस वर्ल्ड २०१७ (भारत) मानुसी चिल्लरले ताज पहर्याइन ।

मिस वर्ल्डको दोस्रो स्थानमा थाइल्याण्ड रह्यो । चिनको सान्या सम्पन्न प्रतियोगितामा तेस्रो स्थान जमैकाले हाँसिल गर्यो । मेक्सिकोले पहिलो पटक मिस वर्ल्डको उपाधि जितेको हो ।

भोटिङ तर्फको अवार्ड थाइल्याण्डले जित्न सफल भएको । उसले प्रतियोगितामा सर्वाधिक भोट पाउन सफल भयो । त्यस्तै भोटिङको दोस्रो र तेस्रो स्थान क्रमस मेक्सिको र युगान्डाले हाँसिल गरे ।

प्रतियोगितामा नेपालको प्रतिनिधित्व सृंखला खतिवडाले गरेकी थिइन् । मल्टीमिडिया र ब्युटी विथ प्रपोजको उपाधि जितेकी सृंखला टप १२ सम्म पुगेकी थिइन् ।

यो पनि पढ्नुहोस् 

मिस वर्ल्डको उपाधि होडबाट बाहिरियो नेपाल

प्रतिक्रिया दिनुहोस्