मिस्टर भर्जिनको आईटम गीतमा छुल्टिमको ठुम्का – भिडियो



रंगखबर, काठमाडौँ- यहि भदौ १ गतेबाट प्रदर्शनमा आउँन लागेको चलचित्र मिस्टर भर्जिनको आईटम गीत सार्वजनिक भएको छ । ‘पैसा फेक तमाशा देख’ बोल रहेको उक्त गीतमा छुल्टिम गुरुङको जोडदार नृत्य रहेको छ । शशि रावल र राजेन्द्र भट्ट (मिस्टर आर. जे.)ले गाएको उक्त गीतमागायक स्वयम्कै संगीत रहेको छ । गीतमा दिपक मान सिंहको नृत्य निर्देशन रहेको छ ।

वर्ल्ड वाइड फिल्मस् डिस्ट्रीव्युसन प्रालीको ब्यानरमा तथा बिषारद बस्नेतको निर्देशनमा बनेको चलचित्रमा कथा\पटकथा विशारत बस्नेत, विजय थापा, अजय पन्त, फिरा लामा, सन्तोष बोहोरा, कपिल खड्का, स्नेहा पौडेल, महेश दवाडीको रहेको छ भने संवाद महेश दवाडीको रहेको छ ।  खिलेन्द्र तिम्सिना, मुखेश रेग्मी, प्रजापति सिवाकोटी, बिशारत बस्नेतको लागनी रहेको चलचित्रलाई रामेश्वर कार्कीले खिचेका हुन।

प्रतिक्रिया दिनुहोस्