आयो मोहनको ‘मेरो मनमा के को हुरी चल्दैछ’ (भिडियो)



रंग खबर, काठमाण्डौं । मोहन राई पेशाले युवा विजनेशम्यान हुन् । तर पछिल्लो समय उनले गायकको रुपमा समेत चर्चा कमाइरहेका छन् । उनको पहिलो गीतको म्युजिक भिडियो ‘यो आखाले ताकेको’ बोलको गीतलाई दर्शक श्रोताहरुले अत्याधिक रुचाएपछि गायन विधामा पनि उनको परिचय थपिएको हो ।

IMG_5987

दर्शकहरुको चाहनालाई बुझ्दै गायक मोहनले अब दास्रो म्युजिक भिडियो सार्वजनिक गरेका छन् । उर्गेन लामाको शब्द, संगीतमा रहेको ‘मेरो मनमा के को हुरी चल्दैछ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । सार्वजनिक भएको गीतको बारेमा बोल्दै गायक मोहन राईले यो गीत ‘मेलोडी लभ संङ’ भएकाले दर्शकहरुले मनपराउनेमा आफु विस्वस्त रहेको बताए ।

सुरज सिंह ठकुरीले निर्देशक गरेको म्युजिक भिडियोमा पछिल्लो समय चर्चामा रहेकी मोडल तथा नव अभिनेत्री अकेशा विष्ट र चलचित्र ‘ताण्डव’बाट डेब्यु गरेका अभिनेता एलन गुरुङले मोड्लिङ गरेका छन् । शिवराम श्रेष्ठले खिचेको म्युजिक भिडियोलाई लोकेश बज्राचार्यले एडिट गरेका हुन् ।

सार्वजनिक भएको गीत एल्बम ‘साम्योङ’मा समावेश रहेको छ । ५ गीत समावेश रहेको एल्बमका म्युजिक भिडियोहरु सार्वजनिक हुने क्रम जारी रहेको छ ।

Watch Song Here :-

[its_video]http://youtu.be/k6AGGzzw25w[/its_video]

 

प्रतिक्रिया दिनुहोस्