जन्मघरको सम्झनामा मुना : ढलेको घरले जलाएको मन



मुना थापामगर,
गायिका
muna

घर हजुरबाले बनाउनुभएको थियो । तर, त्यो घरले तीन पुस्ता हुर्कायो । हजुरबाको सम्पूर्ण जीवन त्यो घरमैँ बित्यो बुवा त्यही घरमा जन्मिएर हुर्किनुभयो । मलाई पनि जवान हुन्जेल त्यो घरले ओत दियो । गोरखा छाडेर करियरका लागि काठमाडौं आएको केही वर्ष भयो । बेला–बेला जाँदा परैबाट देखिने त्यो घरले आत्मीयतापूर्वक हेरिरहेका भान हुन्थ्यो । कतै मेरो प्रतीक्षा गरिरहे जस्तो लाग्थ्यो । खेलेको आँगनदेखि खाएको भान्साका एक–एक ठाउँसँग मेरो गहिरो सम्बन्ध थियो । ९० सालको भैंचालोमा त्यो घरले आफ्नो धर्म छाडेन । कुनामा सानो चिरा परेको थियो । हजुरआमा ‘९० सालको भैंचालोले गर्दा हो’ भन्नुहुन्थ्यो । तर, पुर्खाको नासो त्यस घरले यसपल्टको भैँचलो थेग्न सकेन ।
muna thapa
महाभूकम्प गएको तीन दिनपछि जन्मघर गएँ । मन नराम्ररी कुँढियो । ढलेको घरले मन यस्तरी भत्कायो कि आँशु थाम्नै सकिनँ ।
साभार: शुक्रवार साप्ताहिक

प्रतिक्रिया दिनुहोस्