‘नाइलनको साडी’लाई करोड !



रंगखबर, काठमाडौँ चोरिको आरोप, चौतर्फी आलोचनाका वावजुत ‘नाइलनको साडी’ले युट्युबमा करोड भ्यु क्रस गरेको छ । ‘छक्का पन्जा २’मा समावेश गीतले करिब २ महिनामा करोड भ्यु पाएको हो । यहिँ वर्ष रिलिज भएका गीत मध्ये करोड भ्यु क्रस गर्ने यो दोस्रो गीत पनि बनेको छ ।

सर्वाधिक छिटो करोड भ्यु पाउने गीत मध्ये यो दोस्रो स्थानमा परेको छ । यसअघि ‘दुई रुपैयाँ’मा समावेश ‘कुटुमा कुटु’ले ५० दिन भित्रै करोड कमाएको थियो । प्रिन्स नेपाली र कान्छा मगर नेपालीको संगीत रहेको गीतमा सुजाता वर्मा र अल्मोडा राना उप्रेतीको स्वर छ । गीतमा दीपकराज गिरी र प्रिन्स शब्द सिर्जना छ ।

दीपाश्री निरौला निर्देशित ‘छक्का पन्जा २’लाई गीत/संगीतको आलोचनाले चर्चाको शिखरमा पुर्याएको छ । निकै हाइप सिर्जना गरेको फिल्म नेपाली बक्सअफिसमा प्रतिक्षित छ । यस कमेडी सस्पेन्स फिल्ममा दीपकराज गिरी, प्रियंका कार्की, स्वस्तिमा खड्का, वर्षा राउत, बुद्दी तामाङ, विल्सनविक्रम राई, केदार घिमिरे, जितु नेपाल लगायतका कलाकारको अभिनय छ । फिल्म यहिँ असोज ११ गते अलनेपाल रिलिज हुदैंछ ।

प्रतिक्रिया दिनुहोस्