नम्रतालाई नसुहाएको नक्कली कपाल



रंगखबर, काठमाडौँ – कुशल अभिनेत्री नम्रता श्रेष्ठले फिल्म ‘जाइरा’को लागि कपाल छोट्याइन । जुन लूक्सले औधि चर्चा पायो । नम्रताको त्यहिँ लूक्सले गर्दा ‘जाइरा’ दर्शकको पर्खाइमा छ । तर, ‘जाइरा’को कारण फिल्म ‘प्रसाद’मा उनले आफ्नो प्राकृतिक कपाल गुमाउनु पर्यो ।

नेपाली फिल्ममा कलाकारले नक्कली कपालको सहारा लिनु नौलो कुरा होइन । नक्कली कपालमा प्रस्तुत भएपनि दर्शकले भेउ पाउँथेनन । यहिँ कुरामा ‘प्रसाद’ चुक्न पुगेको छ । मंगलबार सार्वजनिक भएको गीतको भिडियोमा नम्रताको नक्कली कपाल असहज देखिएको छ । कुनै पनि दर्शकले नम्रताको नक्कली कपाल पहिचान गर्न सक्छन । जसले गर्दा भिडियो भरि नै नम्रताको नसुहाउँदो कपालमा नयन घुमिरहन्छ ।

मंसीर २१ गते रिलिज हुने ‘प्रसाद’मा नम्रतासँगै विपिन कार्की र निश्चल बस्नेतको मुख्य अभिनय छ । दिनेश राउत निर्देशित फिल्मको पहिलो गीत ‘लै लै…’लाई अहिले श्रोताले रुचाइरहेका छन् । गणेश शाहीको शब्द, केतन क्षेत्रीको स्वर र सुवाष भुसालको संगीत रहेको गीतको शब्द संयोजन र संगीतले तारिफ बटुलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्