भोजपुरी सुपरस्टार निरहुवासँग रोमान्स गर्दै नीता



रंगखबर, काठमाडौँ- अभिनेत्री नीता ढुंगानालाई नेपाली चलचित्र नगरीमा त्यति भाग्यमानी अभिनेत्रीको रुपमा लिईदैन। उनले गरेका प्राय: चलचित्रहरु असफल नै भै रहेका छन ।  अभिनयमा अब्बल रहे पनि लगातार चलचित्रहरु असफल भैदिँदा नीताको करियर अहिले धरापमा छ भन्दा नि फरक नपर्ला । उनले यो बर्ष अभिनय गरेको चलचित्र ‘पंचायत’मा उनको अभिनयको प्रशंशा चौतर्फी भए पनि चलचित्रले सोचे जस्तो कमाई भने गर्न सकेन।

अब भने उनै अभिनेत्री नीता अब भने भोजपुरी चलचित्रमा अभिनय गर्ने पक्का भएको छ। नाम नतोकिएको चलचित्रमा उनि भोजपुरी सुपरस्टार निरहुवासँग स्क्रिन सेयर गर्ने जानकारी पनि बाहिरिएको छ । चलचित्रको छायांकन नेपाल, भारत र मरिससमा हुनेछ। भोजपुरी चलचित्र हुदै उनि बलिउडमा जाने सोच त नीताले गरिनन? त्यो त नीतालाई नै थाहा होला ।

प्रतिक्रिया दिनुहोस्