बक्स अफिसमा ३ नेपाली र ३ विदेशी फिल्मको प्रतिस्प्रर्धा



रंगखबर, काठमाडौँ – नेपाली बक्स अफिसमा यो शुक्रबार तीन नेपाली र एक हलिउड फिल्म प्रदर्शनमा आएका छन् । प्रदर्शनमा आएका तीनै नेपाली फिल्म ‘मिस्टर भर्जिन’, ‘जय शम्भु’ र ‘ब्ल्याक’को चर्चा औसत छ । र बक्स अफिसमा यी फिल्मले औसतनै ओपनिङ गर्ने आशा गरिएको छ ।

सिंगलदेखि मल्टीप्लेक्ससम्म यो साता नेपाली फिल्मलाई बलिउड फिल्म ‘गोल्ड’ र ‘सत्यमेव जयते’ले चपेटामा पारेका छन् । यी दुई फिल्मको सिंगल भन्दा प्लेक्समा दबदबा छ । बलिउडका दुई फिल्म भारतीय स्वत्रन्त्रा दिवसको अवसर पारेर बुधबारै रिलिज भएका थिए । शुक्रबार हलिउडको ‘अल्फा’ पनि प्रदर्शनमा आएको छ । यसले नेपाली फिल्मलाई सिंगलमा असर नपारेपनि प्लेक्समा भने राम्रै शोज पाएको छ ।

त्यस्तै यसअघि मिडियामा नामै नसुनिएको नेपाली फिल्म ‘१२ मासे’ पनि केहि पर्दामा रिलिज भएको छ । चर्चा गरौ तीन नेपाली फिल्मको बारेमा:

मिस्टर भर्जिन

विशारद बस्नेतको डेब्यु निर्देशन रहेको फिल्म तीन युवाहरुको यौन मनोविज्ञानमा आधारित बताइएको छ । फिल्ममा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बालगायतको अभिनय छ ।

जय शम्भु

रुपेश तामाङ (थिङ)को निर्देशनमा भने फिल्म त्रिकोणात्मक एक्सन लभस्टोरी हो । फिल्ममा अनुपबिक्रम शाही, प्रशान्त ताम्राकार र वर्षा सिवाकोटीको मुख्य भूमिका छ । डेब्यु फिल्म ‘ऐश्वर्य’बाट अत्याधिक चर्चा कमाएका प्रशान्तका लागि यो फिल्म विशेष छ ।

ब्ल्याक

प्रदीप श्रेष्ठ निर्देशित फिल्म प्रेमकथामा निर्माण भएको हो । फिल्ममा आकाश श्रेष्ठ र आँचल शर्माले मुख्य भूमिका निर्वाह गरेका छन् । यी दुईका अलावा फिल्ममा सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल श्रेत्री, धिरेन शाक्य, प्रिया रिजालले पनि अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्