बक्स अफिसमा पाँच फिल्म, ‘कायरा’को लिडिङ



रंगखबर, काठमाडौँ – नेपाली बक्स अफिसमा बलिउड, हलिउड र नेपाली गरेर यो साता ५ फिल्म सार्वजनिक प्रदर्शनमा आएका छन् । यी मध्ये सर्वाधिक चर्चामा फिल्मले रिलिज पहिले औसत हाइप कायम गरेका थिए । त्यसैले बक्स अफिस नतिजाको अनुमान गर्न त्यति सहज देखिदैन ।

घोषणाताका चर्को चर्चामा रहेको फिल्म ‘कायरा’ले रिलिजको मुखसम्म आइपुग्दा उक्त चर्चा आत्मसाथ गर्न सकेको छैन । तर, यो साता रिलिज भएका ५ फिल्ममा नेपाली बक्स अफिसमा ‘कायरा’नै अगाडी रहने अनुमान गरिएको छ । उसो त हल र शोज संख्यामा ‘कायरा’ले बाजी मार्न सफल भएको छ ।

वितरक सुनिल मानन्धरका अनुसार देशभरका ८० बढी हलबाट प्रदर्शनमा आएको फिल्म लभस्टोरी जानरामा निर्माण गरिएको छ । लक्ष्मण रिजाल निर्देशित फिल्ममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले शिर्ष भूमिका निर्वाह गरेकी छन् । भने, अपोजिटमा अभिनेता आर्यन सिग्देल छन् । ‘कायरा’ आर्यनको होमप्रोडक्सनमा निर्माण गरिएको हो ।

हलिउड फिल्म ‘द डार्केस्ट माइंड्स’ मल्टीप्लेक्समा दोस्रो नम्बरमा छ । ‘कायरा’ले यो साता मल्टीप्लेक्समा यहिँ फिल्मसँग प्रतिस्प्रर्धा गर्नुपर्नेछ । भने, सिंगलमा करिब एकलौटी छ । किनकी नेपाली रिलिज ‘झमक बहादुर’को चर्चा न्यून छ । ट्रेलर रिलिज भएसँगै बलिउड फिल्म ‘मुम्बई एक्सप्रेस’को कपिको आरोप थेगेको फिल्मका प्रचार सामाग्रीले पनि खासै चर्चा पाउन सकेनन् ।

भोमन कटुवाल निर्देशित ‘झमक बहादुर’मा अनुपबिक्रम शाही, मिनकुमार तामाङ, यादव देवकोटा, राजु कमेडीलगायतका कलाकारको अभिनय छ ।

बलिउडको ‘फन्ने खान’को शोज र हल संख्याका आधारमा यो साता तेस्रो नम्बरमा छ । औसत चर्चाका विच रिलिज भएको फिल्मलाई समिक्षकबाट मिश्रीत प्रतिक्रिया प्राप्त भएको छ । बलिउडमा यसको प्रतिस्प्रर्धि ‘मुल्क’ले उम्दा समिक्षा बटुल्दा ‘फन्ने खान’ छायाँमा परेको छ । ‘मुल्क’ नेपालमा भने रिलिज भएन ।

हलिउडको ‘क्रिस्टोफर रोबिन’ पनि नेपाली बक्स अफिसका लागि फ्रेस रिलिज हो । मल्टीप्लेक्स रिलिज फिल्मको शोज न्यून हलमा न्यून मात्रामा छ ।

प्रतिक्रिया दिनुहोस्