रजनी र ज्योतीको ‘लालजोडी’ अब मलेसियामा



रंग खबर, काठमाडौं । लामो समयदेखि रंग पत्रकारितामा सक्रिय लक्ष्मण सुवेदीले निर्देशन गरेको फिल्म ‘लालजोडी’ मलेसियामा प्रर्दशन हुने भएको । चाइनीज नयाँ वर्षको छेको पारेर त्यहाँ प्रर्दशन हुने भएको हो ।
laljodiचलचित्र पत्रकार संघका उपाध्यक्ष समेत रहेका सुवेदी स्वयम् यो फिल्मका लेखक र निर्माता हुन् । फिल्मलाई मलेसियामा प्रदर्शनको अधिकार मनु थापाले लिएकी छिन् । लामो समयदेखि मलेसिया, सिंगापुर र बंगलादेशमा ब्यापार–व्यवसाय गर्दै आइरहेकी मनुले मलेसियामा ‘लालजोडी’को माग भएकाले हलमा प्रदर्शन गर्न लागिएको बताइन् । ‘मलेसियामा रहेका नेपालीले लालजोडी हेर्न इच्छा गरेकाले हलमा प्रदर्शन गर्न लागेका हौ,’ मनुले भनिन् ।

‘दर्शकले माग गर्ने नेपाली फिल्म मलेसियाका बिभिन्न शहरमा नियमीत रुपमा प्रदर्शन गर्ने तयारीमा छौ’ उनले थप प्रष्टाइन् । गत भदौमा नेपालमा प्रदर्शन भएको यो फिल्म कमेडी जनरामा आधारित छ । फिल्म मेलेसियाको क्वालालाम्पुरस्थिति फेडरल थिएटर ‘चो किट’ र सुएरा स्क्रिन्स थिएटर पसिर गुडाङ, जोहरमा यही जनवरी २८ देखि प्रदर्शन हुदैछ ।

नक्कली बाबुराम भट्टराईका रुपमा अभिनय गर्र्दै आइरहेका ज्योती काफ्ले, अभिनेत्रीहरु रजनी केसी, आयुष्मा कार्की र अभिनेता वुद्धी तामाङ यो फिल्ममा प्रमुख भुमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस्