साम्राज्ञी र रेविकासँग पुष्पलको रोमान्स



रंगखबर, काठमाडौँ – साम्राज्ञी राज्यलक्ष्मी राणा र पुष्पल खड्कालाई मुख्य भूमिकामा लिएर फिल्म ‘मारुनी’ घोषणा भएको छ । नवल नेपालले निर्देशन गर्ने फिल्मबाट रेविका गुरुङले डेब्यु गर्नेछिन् । रेविका यसअघि ‘लिलिबिली’मा फाइनल भएकी थिइन् । युकेको भिषा नलागेपछि उनले ‘लिलिबिली’ छोड्नु परेको थियो ।

भव्य रुपमा सम्पन्न गरिएको घोषणा कार्यक्रममा कलाकारसँगै निर्माण पक्ष पनि र्याम्पमा उत्रिएको थियो ।

‘मारुनी’ नाम झट्ट सुन्दा मारुनी नृत्य सम्झाउने भएपनि, फिल्म उक्त नृत्यसँग सम्बन्धित नभएको निर्देशक नेपालले बताए । ‘फिल्म कथा भन्नु पर्दा दुई सुन्दरीहरुको हो ।’ निर्देशकले अगाडी थपे ‘त्रिकोणात्मक फिल्मको कथा हेर्न हलसम्म पुग्नुपर्नेछ ।’ फिल्ममा सौर्य अधिकारी, स्वर्णिम पौडेल, आभाष सिंह, अनु राज, आयुष प्रधान र शंकर सेढाईलगायतका कलाकारको पनि अभिनय रहनेछ ।

फिल्ममा अर्जुन पोखरेल/कृष्ण काफ्लेको संगीत र रबिन परियार/बिना गुरुङको ड्रेस डिजाइन रहनेछ । काठमाडौँ लगायत देशका बिभिन्न ठाउँमा खिचिने फिल्मको छायाँकन माघको दोस्रो सातादेखि हुनेछ । पूनम गौतमले निर्माण गर्ने फिल्मको निर्माता अजय पोखरेल हुन् ।  पूनमले यसअघि ‘अझै पनि’ निर्माण गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्