‘झुम्कावाली’पछि प्रमोदको नयाँ गीत ‘चल वतास चल’ (भिडियो)



रंग खबर, काठमाण्डौं । ‘झुम्कावाली’को सफलतापछि गायक प्रमोद खरेलले ‘चल वतास चल’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । ‘झुम्कावाली’मा प्रियंका कार्कीलाई अभिनय गराएका उनले यो गीतमा मोडल नम्रता सापकोटालाई नचाएका छन् ।
pramod kharelशितल कदम्बिनी गुरुङको शब्द रहेको गीतमा संगीतकार अर्जुन पोखरेलको संगीत र एरेन्ज रहेको छ । दिपक आचार्यले निर्देशन गरेको गीतको भिडियोमा प्रमोद स्वयम्ले पनि अभिनय गरेका छन् । निर्मल लामा र भिमफेदी गाइजले कोरियोग्राफी गरेको गीतमा गाईजका सदस्यहरुले आफै नृत्य गरेका छन् । अर्जुन तिवारीले खिचेको गीतको भिडियो सम्पादन निशान घिमिरेले गरेका हुन् ।

‘यो डान्सिङ नम्बर हो । गीतका लागि संगीतकार र मैले निकै मिहनेत गरेका छौं,’ प्रमोदले भने, ‘ मेरा स्याड र स्लो सङहरु त महिनामा २०–३० वटा रिलिज हुन्छन् । स्टेजका लागि फाष्ट नम्बर पनि आवश्यक पर्नाले ९ महिनापछि फेरी यो गीत लिएर आएको हुँ ।’
Watch Song Here-

प्रतिक्रिया दिनुहोस्