‘मायाँलाई’भन्दै मायालु घुमाउन व्यस्त सुराच (हेर्नुस् भिडियो)



रंग खबर, काठमाण्डौं । गायक सुराच प्रसाई यतिखेर आफ्नी मायालुलाई काठमाण्डौ , पोखरा हुदै दार्जेलिङ्ग घुमाउन ब्यस्त छन । वास्तविकता नभएर ‘मायालाई’ बोलको गीतको म्युजिक भिडियोमा उनी त्यसरी प्रस्तुत भएका हुन् ।

डेब्यु एल्बम ‘जिन्दगी’मा समावेश ‘नाइनलको सारी’ बोलको गीतबाट दर्शक÷श्रोतामाझ चिनिएका सुराचको यो गीत उनले दशैं तिहारको अवसर पारेर सार्वजनिक गरेका हुन् । तर, गीतको भिडियो छायांकन एक वर्षअघि नै भइसकेको थियो ।
गीतमा घर छाडेर देश भित्रै र परदेशीएका युवाहरुले आफ्नी प्रेमीकालाई फकाएको सन्दर्भ ब्यक्त गरिएको छ । बिभोर पोखरेलले निर्देशन गरेको भिडियोलाई अनिल के मानन्धरले खिचेका छन भने भिडियोमा उनलाई भिजे सुरक्षाले अभिनयमा साथ दिएकी छन । आफुलाई लोक फ्युजन शैलीका गीत कम्पोजिसन र गाउन रुचाउने गायक सुराचले केही महिना अघि नाइनलको सारी सार्वजनिक भएको थियो ।

यस गीतमा उनले गन्दर्भ शैलीलाई आधुनिक प्रस्तुति दिएका छन जसमा गितार, टुङ्गुना र सारंगीको गतिलो मिश्रण सुन्न सकिन्छ । ‘जिन्दगी’ एल्बमको औपोचारिक सार्वजनिक गर्ने तयारीमा जुटेका गायक प्रसाईले तराईमा लोकप्रिय सिटी सफारीमा आधारित गीत समेत तयार गरेका छन ।

प्रतिक्रिया दिनुहोस्