अब नेपाली फिल्मलाई नै पुरा समय दिनेछु : निरुता सिंह



रंगखबर, काठमाडौँ- कुशल अभिनेत्री निरुता सिंह अहिले मुम्बईमा आफ्नो प्रोडक्सन हाउस चलाएर उतै बस्दै आएकी छिन । केहि महिना अघि मात्र फिल्म ‘नाई नभन्नु ल ५’का लागि नेपाल आएकी उनि पुन: नेपाल आएकी छिन ।  फिल्म ‘दाल भात तरकारी’को छायांकनका लागि उनि नेपाल आएकी हुन् । बुधबार मात्र नेपाल आएकी निरुता फिल्मलाई लिएर निकै नै उत्साहित देखिन्थिन । नेपाल झर्ने बित्तिकै नेपाली माटोलाई ढोग्ने गरिकी निरुताले आफु फिल्म क्षेत्रबाट कहिले पनि नहराएको सम्म भ्याईन । केहि वर्ष फिल्म देखि टाढा रहेपनि अब भने फिल्महरु लगातार गर्ने निरुताको भनाई छ ।

फिल्म दाल भात तरकारीमा हरिवंश आचार्यसँग लिड रोलमा देखिन आटेकी निरुता भन्छिन ‘ आफुले बच्चा देखि नै उहाँहरुको अभिनय हेरेर हुर्केको दिग्गज व्यक्तिहरुसँग काम गर्न पाएकोमा आफुलाई भाग्यमानी ठान्छु । र आफ्नो भूमिकालाई न्याय दिन कोशिश गर्नेछु ।’

मह-संचारको प्रस्तुतिमा किरण केसीको लागानी र सुधन केसीको निर्देशनमा बन्न लागेको फिल्ममा हरिवंश र निरुताका अलावा प्रियंका कार्की, बर्षा राउत, पुष्पल खड्का लगायतका कलाकारहरुको मुख्य अभिनय रहनेछ । फिल्मको छायांकन  यहि मङ्सिर १ गते हुदैछ ।

निरुता सिंहसँगको कुराकारी हेर्नुस :

प्रतिक्रिया दिनुहोस्