‘पुरानो डुङ्गा’बाट के ह्याट्रिक गर्लान त रामबाबु ? यस्ता छन् सम्भावना



रंग खबर, काठमाडौँ | यो साता रामबाबु गुरुङ निर्देशित ‘पुरानो डुङ्गा’ प्रदर्शन हुदैछ । लगातर दुई फिल्म ‘कबड्डी’ र ‘कबड्डी कबड्डी’ हिट दिएर चर्चामा आएका रामबाबुलाई तेस्रो निर्देशकीय फिल्मको रिजल्ट पर्खाईको बिषय बनेको छ ।

11222515_1030653380319073_7905682206564178323_n

    तस्बिर: रामबाबु गुरुङको फेसबुक प्रोफाइलबाट 

यो साल मात्र कमेडी कलाकारहरुले बनाएको फिल्म ‘छक्का पन्जा’को सफलता संगै कमेडी कलाकारले ह्याट्रिक गरिसकेका छन् । ‘६ एकान ६’, ‘वडा नम्बर ६’ यसअघिका कमेडी कलाकारले बनाएका हिट फिल्म हुन् ।

त्यस्तै निर्माता सुनिल रावलले पनि ह्याट्रिकको स्वाद चाखिसकेका छन् । ‘सायद’, ‘होस्टेल’ र होस्टेल रिटन्र्स’ हिट दिएर सफल निर्माताको ट्याग भिरिसकेका छन् । प्राय फिल्म असफल भैरहेको अवस्थामा लगातार हिट फिल्म दिएपछी दर्शकसंगै फिल्म क्षेत्र पनि त्यस्ता निर्माण युनिटबाट आशावादी हुनु स्वाभाविकनै हो ।

जसले दर्शकको मन जित्छ त्यसको फिल्म दर्शक कुरेर बसीरहेका हुन्छन । त्यस्तै भएको मान्नुपर्छ निर्देशक रामबाबुको हकमा पनि । दुई फिल्म हिट दिएपछि तेस्रो फिल्ममा फिल्मक्षेत्रनै आशावादी रहेको छ ।

तर त्यसको लागि दर्शकले फिल्मलाई साथ दिन जरुरि छ । राम्रो फिल्म भएको खण्डमा दर्शकनै फिल्मको बिज्ञापनकार बन्न सक्छन भन्ने कुरा यो साल रिलिज भएका ‘छक्का पन्जा’ र ‘जात्रा’ले देखाइसकेका छन् ।

उसो त ‘पुरानो डुंगा ‘मा समाबेश ‘निर’ बोलको गीत र सार्वजनिक ट्रेलरले फिल्मको सुरुवाती ब्यापार राम्रो हुने संकेत दिइसकेको छ ।

यीनै कारण चल्छ सक्छ ‘पुरानो डुङ्गा’

१) निर: फिल्मको निर बोलको गीत यो सालको सर्वाधिक रुचाइएको गितमा पर्छ । सबैको ओठमा झुन्डिन सफल गीतले पनि दर्शक हलसम्म तान्न सक्ने अनुमान लगाउन सकिन्छ । किनकि हिट गीत भएका नेपाली फिल्म चलेका धेरै उदाहरण हामि कहाँ छन् । फिल्ममा शब्द, संगीत र स्वर कालीप्रसाद बाँस्कोटाको रहेको छ । पछिल्लो समयका व्यस्त र चर्चित संगीतकार एवं गायकको रुपमा देखापरेका बाँस्कोटा फिल्मका एक मेरुदण्ड हुन् ।

२) स्टारकास्ट: फिल्मको अर्को बलियो पक्ष स्टारकास्ट हो ।  दयाहाङ राई र प्रियंका कार्कीको जोडी पछिल्लो समय रुचाइएको जोडी हो । यो जोडीको ‘झोले’,’फन्को’, ‘हाउ फन्नी’ फिल्म प्रदर्शन भैसकेका छन् । मेनुका प्रधान पनि पछिल्लो समयकी सम्भावना बोकेकी अभिनेत्री हुन् । ‘रेशम फिलिली’ र ‘गाजलु’ हिट दिएकी मेनुकाको ‘पुरानो डुङ्गा’को लुक्सले चर्चा पनि पाइरहेको छ

३) रामबाबु गुरुङ: पछिल्लो समयका चर्चामा रहेका रामबाबुको स्क्रिप्ट लेखनले सबैको ध्यान खिचेको छ । दुई फिल्म हिट दिएपछी महँगा निर्देशकको रुपमा चर्चामा आएपछि रामबाबुलाई चिन्ने जतिको पहिलो रोजाई बन्न सक्छ ‘पुरानो डुङ्गा’ । अहिले अर्गानिक फिल्म भन्नेको लहर चलिरहेको समयमा अर्गानिक फिल्म बनाउने निर्देशकको सुचिमा रामबाबु पनि आउछन ।

४) ट्रेलर: फिल्मको ट्रेलरबाट पनि दर्शक हल सम्म आउने अनुमान लगाउन सकिन्छ । प्राय फिल्महलमा आउने ट्रेलर हेरेर दर्शकले यो फिल्मचै हेर्नुपर्छ भन्ने गरेको प्राय सुन्नमा पाईन्छ । ट्रेलर र गीतको कारण अहिले टोलटोलमा ‘पुरानो डुङ्गा’को चर्चा छ ।

 

प्रतिक्रिया दिनुहोस्