स्कटल्याण्डका एक पुरुषले यौनांग काटेर छोटो बनाएपछि



रंग खबर, काठमाडौँ | आफ्नै यौनांगले अफ्ठ्यारो पारेपछि एक पुरुषले शल्यक्रिया गरि लिङ्ग छोट्याएका छन् । स्कटल्याण्ड एडिनबर्गका मोहम्मद अबादले भने लिंग ठूलो भएकै कारण यौन सम्पर्कमा निकै दुखाइ सहनुपरेका कारण लिङ्गको लम्बाई छोट्याउनु परेको हो । ठूलो लिंगले हैरान बनाएपछि उनले शल्यक्रिया गरी लिंगको लम्बाइ घटाउने फैसला गरे । र शल्यक्रिया गरी उनको ८ इनच लामो यौनांग छोटो बनाइएका हुन् ।कलमी गरेर छोट्याउनैपर्ने भएको उनको लामो यौनांग प्राकृतिक भने होइन । उनले प्रत्यारोपण गरेर लगाएको कृत्रिम लिंग हो।

Doctor-Operation

द सनको रिपोर्ट अनुसार मोहम्मद अबाद ६ वर्षको छँदा दुर्घटनामा परेर उनको लिङ्ग र अन्डकोषमा काम नलाग्ने गरि चोट लागेको थियो । त्यसपछि उनले सन् २०१२ मा ७० हजार पाउण्ड खर्च गरेर ८ इन्च लामो कृतिम लिङ्ग प्रत्यारोपण गरेका थिए । ४४ वर्षका मोहम्मदले यो वर्षको सुरुमा एक यौनकर्मी महिलासँग यौन सम्पर्क गरी आफ्नो भर्जिनिटी तोडेका हुन् । जुन मिडियाहरुमा राम्रैसँग चर्चा भयो । यौन सम्पर्कका दौरान उनलाई आफ्नो लिंगको आकार आवश्यकता भन्दा बढि ठूलो हुँदा पीडा महसुस हुन थालेपछि । उनले लिंगको आकार घटाउने फैसला गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्