दोस्रो ओएसनेपाल म्युजिक अवार्ड असार २४ गते



काठमाडौँ । दोस्रो ओएसनेपाल म्युजिक अवार्ड यही असार २४ गते वितरण गरिने भएको छ । काठमाडौँमा मंगलबार आयोजीत अर्वाडको नोमिनेशनमा परेका स्रष्टाहरुलाई प्रमाणपत्र वितरण कार्यक्रममा उक्त मिति घोषणा गरिएको हो । अर्वाड वितरण राजधानीको जमलस्थित नाचघरमा हुने भएको छ । नेपालकै सर्वाधिक विधामा वितरण गर्न लागीएको यो अर्वाडमा ७४ विधा समेटीएको छ ।

कलाकर्मीहरुको पर्वको रुपमा लिन सकिने यस अवार्डले कलाकारको उचित सम्मान हुने ओएसनेपालका अध्यक्ष केश बहादुर कार्कीले बताए । अवार्डसँग प्रत्यक्ष सरोकार रहने व्यक्तिहरुको साथ र समर्थनले आगामी दिनमा पनि यस्ता अवार्ड वितरण कार्यक्रम गरेर कलाकार तथा स्रष्टाहरुलाई सम्मान गर्दै हौसला प्रदान गर्न उत्साह जाग्ने अध्यक्ष कार्कीले जानकारी दिए ।

जसको ओएनेपालले फेसबुकपेज मार्फत प्रत्यक्ष प्रसारण गर्नेछ । त्यस्तै कार्यक्रमका संयोजक विबेक कार्कीले अर्वाड सभ्य, अनुशासित र निष्पक्ष ढंगले वितरण गरिने बताए । संयोजक कार्कीका अनुसार वितरण समारोहमा ठूलो संख्यामा कला पारखी सहित विभिन्न क्षेत्रमा सक्रिय ब्यक्तित्वको उपस्थिती रहनेछ । काठमाडौँमा मंगलबार आयोजीत अर्वाडको नोमिनेशनमा परेका स्रष्टाहरुलाई प्रमाणपत्र वितरण समारोहका केही झलकहरु हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्