‘पण्डित बाजेको लौरी’ले ब्राम्हणवादको अन्त्य गर्नेछ – निर्देशक ओली



रंगखबर, काठमाडौँ- यहि शुक्रबार अर्थात् साउन ४ गतेबाट देशभर एकैसाथ प्रदर्शन हुन लागेको चलचित्र ‘पण्डित बाजेको लौरी’को चर्चा अहिले सिने वृतमा धेरै नै छ । नेपालमा अहिले सम्म चलि रहेको ‘बादी’ प्रथाको कथामा आधारित चलचित्र हो पण्डित बाजेको लौरी । बादी समुदायकि बदीनी महिला र ब्राम्हणको प्रेम कथा चित्रण गरेको चलचित्रका निर्माण टिमले सोमबार मात्रै राजधानीमा पत्रकार सम्मेलन गराउदै चलचित्रको बारे अझ बढी जानकारी दिएको थियो । चलचित्रका कलाकार तथा निर्माता निर्देशकहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा बोल्दै निर्देशक दिपक ओली भन्छन “बादी समुदाय र ब्राम्हण समुदायमा घट्ने घटना र त्यहाँबाट उत्पन्न हुने समस्यालाइ चलचित्रले चित्रण गर्ने कोशिस गरेको र चलचित्रले केहि हद सम्म भए पनि ब्राम्हणवादको अन्त्य हुनेछ ।”

अधृत फिल्म्स प्रालीको व्यानरमा निर्माण भएको चलचित्रलाई दिपक ओलीले निर्देशन गरेका छन भने थमन कुमार भण्डारी राज र किशोर खड्काले संयुक्त रुपमा निर्माण गरेका हुन । चलचित्रमा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिष्का पोखरेल, सन्धया केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्