‘बेस्सरी नाचिन्छ’ भन्दै यसरी मर्काए पार्वती र नरेशले कम्मर (भिडियो)

रंग खबर, काठमाण्डौं ।
naresh parwati‘हेरन यो रातो साडीले भुई छोयो लरक्कै

यो सालको तीजमा कम्मर भाच्छु म मरक्कै’

तीज गीत निकाल्ने होडवाजी चलिरहेकै बेला गायिका कल्पना विसी र गायक राजेन्द्र विष्टले यस्तै–यस्तै शब्द रहेको नयाँ तीज गीत ‘बेस्सरी नाचिन्छ’ सार्वजनिक गरेका छन् । गीतमा राजेन्द्रको शब्द र संगीत रहेको छ ।

लोकदोहोरीमा लोकप्रिय मानिएकी पार्वती राईले मोडल नरेश जोगीसँग गीतमा कम्मर मकाई–मकाईं नाचेकी छिन् । हालै मात्र सार्वजनिक भएका नरेशको नृत्य रहको दुई तीज गीत ‘दिदीको पाउ ढोग’ र ‘हरियो चुरा’ दर्शकले रुचाइरहेका छन् । ‘नृत्यमा पर्फेक्ट मानिएकी पार्वतीसँग नाच्न पाउँदा मज्जा आयो,’ भिडियोबारे नरेशले छोटो प्रतिक्रिया दिए । करण चैसिरले खिचेको गीतको भिडियो निर्देशन कालु तामाङ ‘अनिश’ ले गरेका हुन् ।  गीतमा कुमार भरतले विशेष सहयोग गरेका छन् ।

हेर्नुस् भिडियो :