प्रमोदको अगुवाईंमा महावीर पुनलाई एक लाख बढी सहयोग



रंग खबर, काठमाण्डौं । म्यागासेसे विजेता सामाजिक अभियन्ता महावीर पुनको आविष्कार केन्द्र निर्माणको अभियानमा गायक प्रमोद खरेलले साथ दिएका छन् । उनले क्यानडास्थित टोरोन्टोमा बस्ने नेपालीहरुबाट उठाएको एक लाख २१ हजार चारसय पच्चिस रुपिँया रकम उनको अभियानका लागि प्रदान गरेका छन् ।

pramod kharel help mahabir pun 3

सोमबार उनले राजधानीस्थित लाजिम्पाटमा भेटघाटका विच सहयोग रकम हस्तान्तरण गरे । गायक खरेल गत अगस्त महिनामा क्यानडामा नेपालीज क्यानेडियन कम्युनिटी सर्भिसेजले आयोजना गरेको ‘हिमालयन मेला’ मा सहभागी हुन गएका थिए । ‘त्यहि अवसरमा फ्यानहरुसँग सानो साँगितिक जमघटको आयोजना गरेको थिए,’ उनले भने, ‘त्यही जमघटमा मैले महावीरको अभियानका लागि सहयोग गर्न अपिल गरे । र, सहयोग संकलन भयो ।’

pramod kharel help mahabir pun

महावीरले सहयोग रकम लिँदै अभियानमा कलाकारले पु¥याइरहेको सहयोगको प्रशंसा गरे । ‘कलाकारका धेरै प्रशंसक हुन्छन् । उहाँहरुमार्फत धेरै सहयोग जुट्न सक्छ । अझै धेरै सहयोग गर्नुहुनेछ भन्नेमा म आशावादी छुँ,’ उनले भने । गायक खरेलले उनको अभियानमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । ‘यो शुरुवात मात्र हो ,’ उनले भने, ‘सांगितिक टुरका लागि विदेश जाँदा म अभियानका लागि सहयोग गर्न अपिल गरिरहनेछुँ । ’

pramod kharel help mahabir pun 2

रकम संकलन कार्यक्रममा क्यानडामा रहेका गायक बुद्धी सागर बस्याल, नेप्लिज क्यानेडियन कम्युनिटी सर्भीस एनसीसीएसका पूर्व अध्यक्ष रमेश प्रसाई, बिनोद पौडेल, डा तुलसी धरेल लगायतका व्यक्तिहरुको विशेष साथ र सहयोग रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्