एक कान, दुई कान हुँदै मैदानको बाटोमा ‘प्रसाद’



रंगखबर, काठमाडौँ – अहिले फिल्मी बजारमा मात्र ‘प्रसाद’को चर्चा छ । र, त्यसको असर बक्सअफिसमा देखिएको छ ।प्रदर्शनको दुई दिनमा करोड माथिको कलेक्सन सार्वजनिक भएको छ ।

गीत/ट्रेलर रिलिज पश्चात हाइप सृजना गरेको फिल्मलाई प्रिमियर र सार्वजनिक प्रदर्शनले उच्च बिन्दुमा पुर्याइदिएको छ । दिनेश राउत निर्देशित फिल्मले अब ‘एक कान, दुई कान हुँदै मैदान’को बाटो समातेको छ । फिल्म हेरेका अधिकाँसले ‘प्रसाद’को मुक्तकण्ठले तारिफ गरिरहेका छन् । त्यसैले ‘प्रसाद’ लामो रेसमा दौडन सक्छ । फिल्मको सकारात्मक समिक्षाले ‘प्रसाद’लाई थप बल पुगेको छ ।

फिल्मको इनिसियल व्यापार सुखद छ । त्यसैमा बलियो ‘वर्ड अफ माउथ’ले फिल्मलाई वर्षको हिट दर्जामा उभ्याउन सक्छ । सुशील पौडेलले लेखेको फिल्ममा नम्रता श्रेष्ठ, विपिन कार्की र निश्चल बस्नेतले मुख्य भूमिका निर्वाह गरेका छन् । अन्तरजातीय विवाह पश्चात एक जोडीले भोग्नु परेको नि:सन्तानको पिडा र जीवनमा आइपर्ने उतारचढावमा ‘प्रसाद’ केन्द्रित छ ।

प्रतिक्रिया दिनुहोस्