‘प्रेमगीत २’ को नयाँ गीत ‘न त हाँस्न नै सक्छु’ (भिडियो)



रंग खबर, काठमाडौं । आउँदो साउन १३ गतेदेखि देशव्यापी प्रर्दशनको तयारीमा रहेको फिल्म ‘प्रेमगीत २’ को नयाँ गीत ‘न त हाँस्न नै…’ रिलिज भएको छ । गीतमा सागर संसार राईको स्वर समावेश छ । राई अघिल्लो पटक आयोजित कभर गीत प्रतिस्पर्धाका विजयी हुन् ।

विछोड र उदास मुड प्रस्तुत गर्ने गीतलाई एलिस कार्कीले कम्पोज गरेका हुन् । डेब्यु संगीतकार कार्की घरेलु सिनेमाका चर्चित पाश्र्वध्वनी संयोजक समेत हुन् । मनिषा खड्का गीतकार हुन् ।

प्रदीप खड्का, अश्लेषा ठकुरी, कैलाश कट्वाल, कविता रेग्मी, सन्तोष सेन, शिशिर भण्डारी अभिनित सिनेमालाई रामशरण पाठकले निर्देशन गरेका हुन् । आशुसेन फिल्मसद्धारा निर्मित सिनेमालाई नेपाल, थाइल्यान्ड र म्यानमारमा छायांकन गरिएको छ ।

हेर्नूस गीत :

प्रतिक्रिया दिनुहोस्