साहित्यकार चन्द्राको ‘प्रेमको तस्विर’ माथि अन्तरमन्थन



रंग खबर, दमक । साहित्यकार चन्द्रा चाम्लिङ राईको गजल संग्रह ‘प्रेमको तस्विर’ माथि बुधबार झापाको झिलझिलेमा अन्तरमन्थन भएको छ । सङ्खुवासभा धुप—५ भोगटेनीकी साहित्यकार चन्द्रा चाम्लिङ राईका तेस्रो कृतिको रुपमा गजल स्रगह प्रेमको तस्विर प्रकाशित भएको छ ।
premko tasbirझापाली युवा सरोकार समाज झिलझिलेको आयोजनामा भएको अन्तरमन्थन कार्यक्रममा कवि तथा गितकार बिराट किरातीले कृतिमाथि आफ्ना बिचारहरु राखेका थिए । उनले कृतिगत रुपमा प्रेमको तस्विर उत्कृष्ट रहेपनि भाषागत कमजोरीहरु रहेको औल्लाए । कृतिको नाम प्रेमको तस्विर भएकोले अधिकाशं गजलहरु प्रेमभावमा रहेको भन्दै किरातीले महिला हिंसा, जातिय उत्पिडन, असमानता, भेदभावका आवाजहरु गजलभित्र रहेको बताए ।

त्यसैगरी शषि तामाङ्गले महिलासंग संम्बन्धित गजलहरु भएपनि उत्कृष्ट शब्दहरु सहित सृजना भएको गजलहरु पठनिय भएको बताइन् । उनले जिवन र जगतलाई परिभाषा गर्ने तरिकाहरु आ—आफ्नो भएपनि सृजनाको माध्यमद्धारा जिवन र जगतको परिभाषा व्यक्त गर्नु कलात्मक क्षमता भएको बताईन । नवरङ्ग साहित्य प्रतिष्ठानका अध्यक्ष अनिलदेब राईले सृजनामा ठुलो र सानो अनि महिला र पुरुषको पर्खाल ठड्याउनु नहुने बताए । अध्यन र सृजना दुवै आवश्यक भएपनि कसले असल सृजना गर्ने भन्ने महत्वपुर्ण रहेको औँलाउदै उनले समाजलाई सकारात्मक सन्देश दिने खालका सृजनाहरु गरिनुपर्ने सुझाए ।

समाजका अध्यक्ष कविराज चाम्लिङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तारा पोख्रेलले स्वागत गरेकी कार्यक्रममा कृतिकार चन्द्रा चाम्लिङ राईले पुस्तकभित्र बिभिन्न भोगाई, पिडा, जिवन, परिभेष, बातबरणमा लेखिएको गजलहरुलाई पुस्तकारको रुपमा ल्याईएको बताईन । उनले यसअघि गित, कविता र मुत्तक बिद्यामा कृति ल्याईसकेको बताउँदै गजल बिद्याको पहिलो कृति भएको जानकारी दिईन् ।

कृतिभित्र ६२ वटा गजलहरु समाबेश छन् भने २ वटा राई भाषामा र ६ वटा सवाल जवाफ गजलहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्