‘भारत’ छोडेपछि प्रियंकालाई लाग्यो लक, साईन गरिन हलिउड फिल्म



रंगखबर, काठमाडौँ- बलिउड डिभा प्रियंका चोपडाले केहि दिन अघि आफ्नो ३६ औँ  जन्मदिनमा अमेरिकी पप गायक निक जोनससँग इन्गेजमेन्ट गरेकी थिईन, जसले गर्दा बलिउडको ठुलो ब्यानरमा बन्न लगेको फिल्म ‘भारत’बाट उनि बाहिरिनु परेको थियो ।

अब भने उनै  क्वांटिको गर्ल प्रियंका हलिउड फिल्म  ‘काउब्वाई निन्जा वाइकिङ्ग’मा अनुबन्धित भएकी छिन । स्रोतले दिएको जानकारी अनुसार सो फिल्मको सम्झौता पत्रमा उनले हस्ताक्षर सम्म गरिसकेकी छिन । फिल्ममा प्रियंका क्रिस प्राटको अपोजिटमा देखा पर्दैछिन ।अर्काे वर्ष प्रदर्शनमा आउने भनिएको सो प्रोजेक्टमा उनि क्रिसको प्रेमिकाको भुमिकामा देखिनेछिन्।

आउँदो सेप्टेम्बरमा विवाहा गर्ने तयारीमा रहेकी प्रियंकाले यस अघि बेबाँच, क्वांटिको, ए किड लाइक ज्याक जस्ता हलिउड प्रोजेक्टमा आफ्नो अभिनय देखाई सकेकी छिन ।

प्रतिक्रिया दिनुहोस्