भारतीय टेलिभिजनका ५ महिला खलपात्र, जसले दर्शक तर्साए !



रंगखबर, काठमाडौँ। भारतीय धारावाहिक नहेर्ने नेपाली प्राय: नै कोहि नहोलान, विशेष गरेर नेपाली युवती, महिला गृहणीहरु भारतीय धारावाहिक भने पछि मरिहत्ते गर्दै हेर्ने गरेको पाईन्छ। आज हामी तपाईहरुलाई भारतीय धारावाहिकका ५ जना महिला खलपात्रको बारेमा जानकारी दिदै छौ, जसले टेलिभिजन टि.आर.पी.लाई उचाईमा पुर्याएका थिए।

  • उर्वसी ढोलकिया उर्फ कोमलीका :

भारतीय टेलिभिजन स्टार प्लसबाट एकताका धमाका मचेको धारावाहिक हो ‘कसौटी जिन्दगी की’। जसमा प्रेरणा र अनुरागको लव स्टोरीको बारेमा थाहा नहुने प्राय: कोहि नहोलान। सोहि धारावाहिकमा खतरनाक भिलेन पनि थिईन जसको नाम थियो कोमालिका। सोहि भूमिकाबाट एकाएक चर्चाको शिखरमा पुगेकी उनले चौतर्फी तारिफ मात्र बटुलिनन उक्त सिरियलको टि.आर.पी. लाई पनि उचाईमा पुर्याएकी थिईन, पछि उनि बिग बोसको बिजेता हुनुका साथै अहिले कलर्स च्यानलबाट प्रशारण भै रहेको धारावाहिक चन्द्रकान्तामा पनि खलपात्रको रुपमा नै देखा परिरहेकी छिन।

  • अदा खान उर्फ काली नागिन

भारतीय टेलिभिजन कलर्सबाट सिजन २ सम्म प्रशारण भै विश्व भरि नै चर्चामा रहेको धारावाहिक हो नागिन। सोहि धारावाहिकमा नेगेटिभ रोलमा देखा परेकी अभिनेत्री हुन अदा खान उर्फ काली नागिन। उनले सो धारावाहिकमा निभाएको सो रोलले उनको चौतर्फी चर्चा मात्र भएन उनले नागिनको टि. आर.पी. लाई निकै उचाई सम्म ल्याउन मदत पनि गरेकी थिईन । अहिले नागिनको तेश्रो सिजन आउने तयारीमा छ। नागिन ३ लाई पनि पहिले जस्तै एकता कपूरले निर्माण गर्ने भएकी छिन।

 

  • अनिता हसनंदनी उर्फ सगुन

बलिउडका केहि चलचित्रहरुमा अभिनय गरिसकेकी अनिता पनि भारतीय टेलिभिजनमा चर्चित नाम हो। उनले भारतीय टेलिभिजन स्टार प्लसबाट प्रशारण भई रहेको धारावाहिक ‘ये है मोहबते’मा नेगेटिभ भूमिका निभाएकी छिन। जसले गर्दा  नेगेटिभ नै सहि उनको चर्चा धेरै नै चलेको थियो १००० एपिसोड भन्दा बढी प्रशारण भै सकेको उक्त धारावाहिक अझै पनि प्रशारण भई रहेको छ। सगुनको नेगेटिभ भूमिकालाई दर्शकहरुले यसरी मन पराएकी सो धारावाहिकको टि. आर.पी. पनि अहिले निकै उचाईमा रहेको छ। अनिता अहिले नागिन ३ मा पनि देखा पर्ने भएकी छिन।

 

  • मेघना मलिक उर्फ अम्मा जी

भारतीय टेलिभिजनमा धेरै चर्चा बटुल्ने धारावाहिक नै ‘ना आना ईस देश मै लाडो’ र चर्चित खल पात्र भनेकै ‘अम्मा जी’ हो ।  डरलाग्दो लूक्स र अभिनयका कारण चर्चामा रहेकी मेघना मलिकले सो धारावाहिकको टि. आर. पी. लाई चर्चाको शिखरमा पुर्याएकी थिईन। साथै उनको चर्चा पनि यति भयो की १००० भन्दा बढी एपिसोड प्रशारण भएर समाप्त भएको उक्त धारावाहिकको अहिले सिजन २ प्रशारण भइ रहेको छ।

 

  • सुधा चंद्रण उर्फ यामिनी

भारतीय टेलिभिजनमा बर्षौ बिताई सकेकी अभिनेत्री हुन् सुधा चंद्रण। प्राय: नेगेटिभ भूमिकामा प्रस्तुत हुने उनले सपने साजन के , कस्मकश जिन्दगी की, नागीन जस्ता चर्चित धारावाहिकमा आफ्नो नेगेटिभ अभिनयले दर्शकहरुलाई तर्साई सकेकी छिन। पछिल्लो पटक उनले नागिनमा यामिनीको भूमिकामा देखा परेकी थिईन, जसमा पनि उनि नेगेटिभ भूमिकामा प्रस्तुत भएकी थिईन। उक्त रोलले उनलाई अझ बढी चर्चाको शिखरमा पुर्याएको थियो। २ वटा सिजन समाप्त भै सकेको नागिनको सिजन ३ आउने तयारीमा छ।

 

 

प्रतिक्रिया दिनुहोस्