‘ क्ल्याप बोर्ड’ प्रस्तोता घिमिरेले ल्याए नयाँ कार्यक्रम ‘जीवन यात्रा’



Rajan Ghimireeरंगखबर, काठमाण्डौं । विगत एक दशकदेखि चर्चित फिल्मी कार्यक्रम ‘क्ल्याप बोर्ड’ संचालन गर्दै आएका रंग पत्रकार राजन घिमिरेले अर्को नयाँ कार्यक्रम पनि शुरु गरेका छन् । एनटिभी प्लसमा ‘जीवनयात्रा’ नामक नयाँ कार्यक्रम शुरु गरेका हुन् ।

हरेक बुधवार राती दशबजे प्रशारण हुने उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा सफलता हासिल गरेको व्यत्तित्वहरुको जीवन संघर्षका कथा प्रस्तुत गरिने प्रस्तोता घिमिरेले बताए । ‘देशविदेशमा रहेका नेपाली जसले आ–आफ्नो क्षेत्रबाट महत्वपुर्ण योगदान दिइरहेका छन्, सफलता हाँसिल गरेका छन्,उनीहरुको जीवन यात्रा प्रस्तुत गर्छौ’, उनले भने– ‘सफल व्यत्तित्वको जीवन कथाले अरुलाई पनि प्रेरणा दिओस् भन्ने हाम्रो उद्देश्य हो ।

कार्यक्रम ‘जीवन यात्रा’ मा डच मिडियाको प्रस्तुती रहेको छ ।

प्रतिक्रिया दिनुहोस्