रणवीर-दीपाकाको विवाहमा बलिउडका ३ सेलिब्रेटी मात्र



रंगखबर, काठमाडौँ-  करिब ६ बर्ष लामो प्रेम सम्बन्धलाई रणवीर र दिपिकाले आज नँया नाम दिदैछन । हिजो मात्र आ-आफ्नो समुदायको रिति रिवाज अनुशर इन्गेज्म्नेट गरेका यी जोडीको इटलीको लेक कोमोमा आज र भोलि परम्परागत रिति अनुसार विवाह हुदैछ ।

बलिउडका निकै नै कम सेलिब्रेटीहरुको उपस्थितिमा सम्मपन्न हुन लागेको उक्त समारोहमा यी जोडीले संजय लिला भन्साली, फराह खान र शाहरुख खानलाई मात्र निम्तो दिएका छन । सुरक्षाकर्मीको कडा निगरानीमा संम्पन्न हुन् लागेको उक्त वैवाहिक कार्यक्रममा उपस्थित कुनै पनि व्यक्तिले फोटो वा भिडियो केहि खिच्न पाउँने छैनन् ।

बलिउडमा यो बर्ष कै सबै भन्दा ठुलो इभेन्टको रुपमा रहेको रणवीर दिपिकाको विवाहको रिसेप्सन पार्टी भने आउँदो २१ तारिक बेंगलुरू र २८  मुम्बईमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्