‘रणवीर’को पाँच पोस्टरमा फिल्मको कथा र द्वन्द



रंगखबर, काठमाडौँ – एक्सन, लभस्टोरी फिल्म ‘रणवीर’का पाँच पोस्टर सार्वजनिक भएका छन् । पाँच पोस्टरले फिल्म कथाबस्तु वर्णन गर्छन ।

पोस्टरमा मुख्य कलाकार सुशील सिटौलाको प्रेम सुवेक्षा खड्का र सुपुस्पा भट्टसँग दर्साइएको छ । उनिहरुको प्रेमलाई चार पोस्टरले वर्णन गर्छन । भने, एक पोस्टरले तीनको प्रेममा द्वन्द पैदा गर्छ । जहाँ खलपात्र प्रशान्त ताम्राकारलाई प्रस्तुत गरिएको छ ।

शिर्ष भूमिका निर्वाह गर्न सुशीलले ६ महिना ‘बडी मेन्टेन’मा मिहेनत गएका थिए । पश्चात सुशील र ‘रणवीर’मा परिवर्तन भएको निर्माण पक्षले बताएको छ । ‘रणवीर’बाट सुवेक्षा र सुपुस्पाले डेब्यु गर्दैछन् । फिल्ममा रवि गिरी, नरेश पौडेल, हरिहर शर्मा , टिका पहाडीलगायतका कलाकारको पनि अभिनय गरेका छन्।

प्रेम, मित्रता र बदला बदलाको कथालाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन् । फिल्ममा पटकथा, संवाद र कथा पनि निर्देशक स्वयम्कै रहेको छ । गोमा विष्ट थापा र दीपेन्द्र रेग्मीले फिल्म निर्माणमा महँगो रकम खर्चिएका छन् ।

प्रतिक्रिया दिनुहोस्