रेखा पनि राप्रपा प्रवेश |मर्दा राप्रपाको झन्डा ओढ्न चाहन्छिन रेखा



रंग खबर, काठमाडौँ | अभिनेत्री रेखा थापा अन्तत: राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’ प्रवेश गरेकी छिन् । राजधानीमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष कमल थापाले रेखा र आमा सरस्वती थापालाई राप्रपामा स्वागत गरे ।

rekha-thapa-in (1)

राप्रपा प्रवेश गर्नुको मुख्य कारण आफु हिन्दुवादी नारी भएकोले र राप्रपा हिन्दु धर्मको लागि लडिरहेको कारण राप्रपा प्रवेश गरेको प्रस्ट्याइन।

एक समय फुलमाला लगाएर नेकपा माओवादी प्रवेश गरेकी रेखा आफु कहिले माओवादी नभएको पनि बताइन । राप्रपाको सदस्यता लिएकी रेखाले माओवादीको सदस्यता नलिएको बताइन ।

आफुलाई अहिलेसम्म कुनै पनि पार्टीमा आवद्द नभएको बताउदै रेखाले अब भने मर्दासम्म राप्रपा सदस्य रहने बताइन । साथै रेखाले मर्दा आफुले नेपाल र राप्रपाको झन्डा समेत ओढ्न चाहेको बताइन ।

यसअघि शिवभक्त कोमल ओली पनि राप्रपा प्रवेश गरिसकेकी छिन ।

प्रतिक्रिया दिनुहोस्