राजधानीको चक्रपथमा ढुकढुकी रोधि घर सञ्चालनमा



काठमाडौं । राजधानीको चक्रपथस्थित नारायण गोपाल चोकमा ढुकढुकी रोधि घर सञ्चालनमा आएको छ । राजधानीका बिभिन्न रोधी घरहरुको बिचमा गएको शुक्रबारबाट फरक ढंगबाट सञ्चालनमा आएको हो । शुक्रबार नेपाली लोक तथा दोहोरी गीत क्षेत्रका चर्चित श्रष्टाहरुका बिच रोधी घर उद्दघाटन गरियो । साथै शनिबारसम्म चलेको उद्दघाटन समारोहमा थुप्रै चर्चित श्रष्टाहरुले शुभकामना दिएका थिए ।

शुक्रबार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष चन्द्र शर्माले उद्दघाटन समारोहमा ढुकढुकी रोधि घरलाई सबैको मनमा बस्ने रोधीघर बनोस भन्दै शुभकामना थिए । यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वयन समितिका अध्यक्ष पि.एन. सापकोटाले पनि शुभकामना दिए । यस्तै दोस्रो दिन सनिबार पनि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रिय सदस्य शिव हमालले सांगितीक प्रस्तुती दिँदै शुभकामना दिए । यस्तै हमालसँगै वरिष्ठ गायक नवराज घोरासैनी, गोकुल राउत, देव गौतम, आरके नेपाल, गायिका सिर्जना हुमागाईं, डिएन दाहाललाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो ।

रोधी घर उद्दद्धाटन समारोहमा बोल्दै सञ्चालिका ममत श्रेष्ठले नेपाली लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले रोधीघरहरु सञ्चालनमा आउनुपर्ने बताइन् । श्रेष्ठका अनुसार एकपटकमा रोधीघरमा सय बढी दर्शकले अवलोकन गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्