‘रोमियो एण्ड मुना’को मोन्सटर पोस्टर सार्वजनिक



रंगखबर, काठमाडौँ। चलचित्र रोमियो एण्ड मुनाको मोन्सटर पोस्टर रिलिज गरिएको छ । विनय श्रेष्ठ र सृष्टि श्रेष्ठको शिर्ष भूमिका रहेको फिल्मको बक्सवाला पछि यो पटक राक्षसी रुपवाला पोस्टर सार्वजनिक गरिएको हो । आफु भित्रको दमनलाई चिन्नुस् भन्ने ट्याग लाइन सहित सार्वजनिक भएको यो पोस्टर कम्युटर ग्राफिक्सबाट तयार गरिएको हो । मोन्सटरलाई पनि फिल्ममा एउटा पात्रको रुपमा देख्न सकिनेछ, निर्देशक नरेश कुमार केसी भन्छन्, फिल्ममा राक्षस पात्रलाई एउटा बिम्वको रुपमा प्रयोग गरेका छौं ।

भी. मोसन पिक्चर्स र के. एस. प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई नरेश कुमार केसीले लेखन तथा निर्देशन गरेका हुन् । प्रसन्न गोपालीको लगानीमा बनेको चलचित्रमा बिनय श्रेष्ठ र शृष्टि श्रेष्ठको मुख्य भुमिका रहेको छ। यहि साउन ११ गतेबाट देशभर प्रदर्शन हुन् लागेको चलचित्रमा बिनय र शृष्टिका अलावा प्रज्वल सुजल गिरि, शुष्मा कार्की, सुरक्षा पन्त, बसुन्धरा भुसालको पनि अभिनय रहेको छ । चलचित्र यहि साउन ११ गतेबाट देशभर प्रदर्शनमा आउदैछ।

प्रतिक्रिया दिनुहोस्