यस्तो छ ‘साढे ७’को सेकेन्ड ट्रेलर



रंगखबर, काठमाडौं । थ्रीलर ड्रामा ‘साढे ७’ को दोस्रो अफिसियल ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार बेलुका साढे सात बजे ट्रेलर लन्च भयो ।

राजनीतिक आन्दोलन रिपोर्टिङका लागि तराई पुगेको एक फोटो पत्रकारको भौतिक र मनोवैज्ञानिक द्धन्द्ध फिल्मको कथावस्तु हो । गायक समेत रहेका सत्यराज आचार्य सिनेमाका केन्द्रिय पात्र हुन् ।

सत्यसहित मेनुका प्रधान, सुनिल थापा, कामेश्वर चौरासिया, सुप्रिया कट्वाल, शिशिर बाङ्देल कलाकार छन् । यो मल्टिस्टारर फिल्मलाई साम्तेन भुटियाले लेखन एवं निर्देशन गरेका हुन् ।

ट्रेलरमै द्धन्द्ध स्थापनाको लागि भएको प्रयत्नले दर्शकलाई इन्गेज गराउँछ । बरिष्ठ पत्रकार युवराज घिमिरेको समेत केमियो भूमिका रहेको सिनेमालाई जर्नलिज्म ड्रामाको रुपमा समेत लिन सकिन्छ ।

नेपाल पत्रकार महासंघ, अन्तराष्ट्रि पत्रकार संघ (आइएफजे)ले केही वर्षपहिले मधेशलाई पत्रकारको लागि असुरक्षित र जोखिम क्षेत्रको रुपमा प्रस्तुत गरेका थिए । पूर्ण कथावस्तु नखुलाइएपनि मुख्य पात्र थुप्रै लेयरको तनावमा देखिन्छ ।

सुनिल थापा, सत्यराज, स्वरुपराज आचार्य, नरेशदेव पन्त, डिजे सन्तोष र साम्तेन भुटिया निर्माता हुन् । फिल्मको भीएफएक्स मूल्यलाई नेपाली सिनेमामै महंगोमध्ये मानिएको छ । चर्चित सेलेब्स सत्य–स्वरुप संगीत, निर्माण, पोस्टप्रोडक्सन, पाश्र्वगायन लगायतमा फिल्मभित्र सक्रिय छन् ।

फागुन ११ गते सिनेमा रिलिज हुँदैछ ।
Watch Second Trailer : 

प्रतिक्रिया दिनुहोस्