संजयको जीवनी चम्कियो, फिल्म फ्लप !



रंगखबर, काठमाडौँ – बलिउड अभिनेता संजय दत्तको जीवनीमा आधारित फिल्म ‘सन्जु’ अहिले पाँचौ हप्तामा प्रदर्शनरत छ । र, यसले बलिउड बक्स अफिसमा थुप्रै रेकर्ड राख्दै उत्साहजनक व्यापार गर्यो । तर, ‘सन्जु’ रिलिजको चार हप्ता पछि प्रदर्शनमा आएको संजय स्टारर ‘साहेब बिवि और ग्याङ्गस्टेर ३’ले नाजुक व्यापार गरेको छ ।

सन् २०११ मा रिलिज भएको ‘साहेब बिवि और ग्याङ्गस्टेर’को तेस्रो इन्स्टलमेन्टले बक्स अफिसमा राम्रै व्यापार गर्ने अड्कल काटिएको थियो । तर, बक्स अफिसमा संजय जीवनी चम्किदा उनको फिल्म फ्लप हुन् पुगेको छ । तीन दिनको व्यापारले नै फिल्मको लाइफटाइम कलेक्सन १५ करोड पनि नपुग्ने संकेत देखाईसकको छ । जहाँ फिल्म बजेट ३० करोड छ ।

फिल्मले पहिलो तीन दिनमा ४ करोड ४ लाख मात्र कमाउन सकेको छ । जुन कलेक्सन पहिलो दिन नै हुने ट्रेड एनालिस्टहरुको अनुमान थियो । ट्रेडको अनुमानलाई फेल खुवाउदै फिल्मले पहिलो दिन १.२५ करोड, दोस्रो दिन १.५० करोड र तेस्रो दिन १.६५ करोड मात्र बटुल्न सक्यो ।

तिग्मंशु धुलिया निर्देशित फिल्मलाई समिक्षकले पनि झुर भनेका छन् । फिल्ममा संजयका अलावा जिम्मी शेरगिल, माहि गिल, चित्रन्गदा सिंह र सोहा अलि खानको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्