‘रोजी’को पहिलो गीतमा प्रदिप र मिरुना – भिडियो



रंगखबर, काठमाडौँ- छायांकन सुरु भए देखि नै विवादमा मुछिएको फिल्म ‘रोजी’को पहिलो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘फुल हैन’ बोलको  गीतमा प्रदिप खड्का र मिरुना मगर फिचर्ड छन । राजेश कुमार श्रेष्ठको शब्द रहेको गीतमा प्रताप दास र प्रबिशा अधिकारीको सुमधुर आवाज रहेको छ भने एलिश कार्कीले संगीत भरेका छन। गीतलाई कविराज गहतराजले कोरियोग्राफ गरेका छन ।

गोपी कृष्ण मुभिजको ब्यानर र आरोही इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्मलाई निरक पौडेलले निर्देशन गरेका हुन । आयरा पौडेल र आरोही केसीको लगानी रहेको फिल्ममा केदार भुसालको कथा रहेको छ ।

रोजी महर्जन हत्या काण्डलाई मुख्य विषय बनाएर बनाईएको फिल्ममा प्रदिप खड्का, मिरुना मगर र पारमिता राज्यलक्ष्मी राणाको मुख्य भूमिका रहेको छ । फिल्म यहि भदौ २२ गतेबाट अल नेपाल रिलिज हुदैछ ।

प्रतिक्रिया दिनुहोस्