यस्तो छ श्वेता खड्काको ‘कान्छी’को पहिलो झलक (भिडियो)



रंग खबर, काठमाडौं । नायिका श्वेता खड्काले बनाएको फिल्म ‘कान्छी’को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा दयाहाङ राई उनको अपोजिटमा छन् । ट्रेलर सार्वजनिक कार्यक्रममा श्वेताले मिहिनेत गरेर फिल्म बनाएको बताउँदै तीन वर्षपछि दर्शकमाझ आउँदा डर लागेको बताइन् ।

फागुन ४ मा प्रदर्शन मिति तोकिएको यस फिल्मको निर्देशक आकाश अधिकारी हुन् । उनले फिल्मको रिलिज मिति हेरफेर भए पनि दर्शकले मनपराउने बताए ।

मुस्ताङमा छायांकन गरिएको फिल्मको ट्रेलरमा श्वेता खड्का, दयाहाङ राई, विनोद न्यौपाने, नीर शाह लगायतका कलाकार देखिएका छन् ।
कायरा फिल्मस्को ब्यानरमा बनेको फिल्ममा अनु शाह, कामेश्वर चौरसिया, प्रज्ज्वल सुजल गिरी, भूमिका श्रेष्ठ, रमेश अधिकारी, जयनन्द लामाले समेत अभिनय गरेका छन् । श्वेतासँगै शैलेश खड्का निर्माता र रविन खड्का सह–निर्माता हुन् ।
Watch Trailer Here :

प्रतिक्रिया दिनुहोस्