सोनमले खोलिन अर्जुन-मलाइकाको सम्बन्ध मन नपराउनुको रहस्य



 रंगखबर, काठमाडौँ- बलिउडकर्मी अर्जुन कपूर र मलाइका अरोराको प्रेम सार्वजनिक रुपमै छताछुल्ल भइरहेको हुन्छ । पार्टी, डिनरमा दुवैले खुलेरै डेट गरिरहेका छन् । दुवै को लिंक अपको खबर अब विवाहमा परिणत हुने खबरले अहिले बलिउड तताई रहेको छ । यति हुँदा हुदै पनि आफ्नो रिलेसनका बारेमा दुबैले औपचारिक घोषणा भने अझै गरेका छैनन् । तर करण जोहरको च्याट सो ‘कफी विथ करण’मा अर्जुन कपूरले भने आफु सिङ्गल नरहेको सम्म भनेका छन ।

अर्जुन र मलाइकाको सम्बन्धलाई कपूर परिवारले स्वीकार गरि सकेका छन । अर्जुनकि बहिनि जान्वी कपूरले त् मलाइकालाई भाउजुको दर्जा समेत दीई सकेकी छिन। त्यस्तै काका अनिल कपूरले पनि उनलाई बुहारी स्वीकार गरिसकेका छन , तर अर्जुनका बुवा बोनी कपूर र बहिनि सोनम कपूरले भने उनीहरुको सम्बन्धलाई अहिले सम्म स्वीकार गरि नसकेको खबर बाहिरिएको छ । खान परिवारकि पुर्व बुहारी मलाइकाले पनि सोनम खासै मन पराउदिनन ।

सोनम-मलाइका बीचको क्याटफाईटको कारण मलाइकालाई गरिन सोनमले रिजेक्ट 

करिब २ बर्ष अघि बलिउडका प्रख्यात डिजाईनर मनिष मलहोत्राको जन्म दिनको पार्टीबाट सुरु भएको उक्त क्याट फाईट अहिले सम्म नै चली रहेको छ। उक्त पार्टीमा रक्सीको नशामा लट्ठ भएकी मलाइकाको मदत गर्न खोज्दा सोनमलाई धक्का दिए पछि दुई बीच क्याटफाईट सुरु भएको थियो।

के सोनम र मलाइकाको उक्त क्याटफाईटले गर्दा नै अर्जुर र मलाइकाको सम्बध प्रति सोनमको आपत्ति हो या अरु कुनै कारण त्यो त् दुवैलाई थाहा होला ।

प्रतिक्रिया दिनुहोस्