यस्तो छ सुनिताको ‘रमाइलो पोखरा’ (हेर्नुुस् भिडियो)



रंग खबर, काठमाण्डौं  । लोक गायिका सुनिता गुरुङको नयाँ गिती एल्बम ‘रमाइलो पोखरा’ सार्वजनिक भएको छ । हालै राजधानीमा आयोजित एक कार्यक्रममाझ अभिनेत्री गौरी मल्ल र अभिनेता रमेश उप्रेतीले एल्बमको विमोचन गरेका थिएँ ।
album bimochanएल्बममा समावेश ‘रमाइलो पोखरा’ बोलको म्यूजिक भिडियोमा लोकगायक मिलन लामाको शब्द र संगीत रहेको छ । गायनमा सुनितालाई गायक जीवन परियारले साथ दिएका छन् । कार्यक्रममा म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको थियोँ । सार्वजनिक गरिएको भिडियोको निर्देशन रमेश श्रेष्ठले गरेका हुन् । भिडियोमा विजय थापाको कोरियोग्राफी , सुदिप बरालको छायांकन, पवन सिंखडाको सम्पादन रहेको छ । गायिका सुनिता र मोडल विजय थापाले भिडियोमा अभिनय गरेका छन् । भिडियो सार्वजनिक कार्यक्रममा नेपालका विभिन्न जातजातीका मौलिक नृत्यहरु समेत प्रस्तुत गरिएको थियो ।

सानैदेखि संगीतको पारखी सुनिताले ०७० सालमा रेडियो नेपालका प्रभुराज ढकालबाट ६ महिना शास्त्रिय संगीत सिकेपछि मात्र औपचारीक संगीत यात्राको थालनी गरेको बताइन् । ‘यो क्षेत्रमा सिकेर आउनुपर्छ भन्ने मेरो ध्येय थियो,’ उनले सुनाइन् । सुनिताका ‘कुलको छोरी’, ‘नाचु नाचु छमछम’, ‘वनारसी साडी’ बोलका गीत रुचाइएका छन् ।
Watch Video Here :-

प्रतिक्रिया दिनुहोस्